मंगलवार, 11 जनवरी 2011

mayako choni: nepali song

mayako choni: nepali song

nepali song

Nepali Comedy Merri Bassi July 25 2009 part 1/3

Nepali Comedy Merri Bassi July 25 2009 part 1/3

मरेको मान्छेको समेत पैसा खाने राजदूत

एउटा राजदूतको काम के हो ?देशको प्रतिनिधित्व गर्दै विदेशमा आफ्नो राष्ट्रको आफ्ना नागरिकहरुको बढीभन्दा बढी हितका लागि सदैव क्रियाशील रहनु। तर साउदी अरबका राजदूत हमिद अन्सारीका बारेमा जस्तो समाचार आइरहेको , त्यो सुन्दा राजदूतको परिभाषा नै परिवर्तन गर्नुपर्ने झैँ लाग्छ। राजदूतको कामएनी हाउ पैसा कमाउ’ जस्तो पो देखियो त। हुँदाहुँदा मरेको मान्छेका लागि त्यहाँको कम्पनीले दिएको क्षतिपूर्ति रकमसमेत आफ्नो निजी खातामा राखेर पीडितको परिवारलाई दिनै मान्दैनन् रे डेढ वर्ष भइसक्यो। कस्तो लाज नभएको हेर्नुस् त। साउदीमा दुर्घटनामा परी मृत्यु भएका रमेश सुवेदी सन्तलाल तामाङको परिवारले पाउनु पर्ने बीमा रकम पाउँला कि भनेर परराष्ट्र मन्त्रालय धाइरहेका रहेछन्। कम्पनीको के दोष र। अदालतको निर्णयपछि सुवेदी परिवारलाई बीमा कम्पनीले २० लाख रुपैयाँ बराबरको चेक गत साउन मै दिएको रे। यी राजदूतले आफैले साइन गरेर चेक चैँ बुझेछन् तर लगेर जम्मा गरेछन् पैसा जम्मै आफ्नै खातामा। परराष्ट्र मन्त्रालयमा ताकेता गर्न जाँदा बिचरा परिवारका सदस्यहरुले कर्मचारीहरुबाट हप्कीदप्की खानु पर्दो रहेछ। धन्न, यो खबरनागरिक’मा छापियो। राजदूत पदको भागवण्डा गर्दा एमालेको कोटामा परेको भाग खान साउदी पुगेका अन्सारीको यस्तो खबर आएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध मानव अधिकार समितिले उनका सम्बन्धमा छानविन गरी दोषी ठहर भएमा फिर्ता गर्न सरकारलाई निर्देशन दिइसकेको छ। तर छानबिन प्रक्रिया कसरी अघि बढ्ने हो, हेर्न बाँकी नै छ। राजदूत अन्सारीको चर्तिकला यति मै सकिन्न। अस्ति नेपाल भ्रमणमा आएका साउदी राजकुमारलाई नेपालमा तक्मा दिइन्छ भनेर झुठ बोल्ने पनि यिनै थिए। उनले त्यसरी झुठ बोलेकाले भ्रमणका क्रममा काठमाडौँमा ठूलै समस्या परेको थियो। हतारहतार उनका लागि तक्मा बनाउनु परेको थियो। परराष्ट्र मन्त्रीले समेत साउदी राजदूतले तक्मा दिइन्छ भनेर झुठो बोलेकोले यस्तो समस्या आएको बताएकी थिइन्। पाप
-धर्मको के वास्ता भो उनलाई। त्यसैले आफ्नै मुसलमान दाजुभाइहरु हज गर्नका लागि गएका बेला २०६५ सालमा हवाई टिकट किन्दा प्रति टिकट एक सय ३९ डलर पच पार्ने काममा यिनी पनि संलग्न थिए। संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्दा उनी लगायतका व्यक्ति यो प्रकरणमा दोषी ठहरिएका थिए।

बुधवार, 5 जनवरी 2011

गजल

म बैह्रो र लाटो बनी चूप लागेँ
म ढुङ्गा र माटो बनी चूप लागेँ
भयो घाउ सन्चो भनेरै नबोली
म टाटो र खाटो बनी चूप लागेँ
कतै भोकले ज्यान लेला नि भन्दै
म पीठो र आटो बनी चूप लागेँ
म थाकेर यात्रा नबढ्ने हुनाले
सधैँ ब्यस्त बाटो बनी चूप लागेँ
भए लाजले ती त कालो र नीलो
म रातो न रातो बनी चूप लागेँ
सबै यामले नै सिकाएर आज
म चीसो र तातो बनी चूप लागेँ ।

परदेशी मायाको चिनो

हरेक सांझ उज्यालो मबाट
 गुज्रिन्छ तर मसंग उज्यालो
 रहन्न हरेक बिहान एउटा आशा
नबल्दै मेरो आंखामा निभ्छ यसैले
 कि अक्सर मेरो आंखा दह जमेको
हुन्छ हरेक सांझ भीडले मलाई
लुगा पहिराइदिन्छ तर, म मभित्र
रहन्नं हरेक बिहान सागरले मलाई
 नुहाइदिन्छ तर एक बुंद पनि मेरो
रहन्न रङ्हरू मेरो अंध्यारोमा
 पोखिन्छन् कुनै चित्र बन्दैन
रङ्गहरू मसंगै निर्रथक
अंध्यारिन्छन् परिचित आफ्नो मात्र
 केही रहन्न पर्राई उज्यालोमा मात्र
 एउटा श्रापित ढुङ्गा एउटा घाइते
 अहल्या एउटा चोइटिएको छाया