बुधवार, 5 जनवरी 2011

गजल

म बैह्रो र लाटो बनी चूप लागेँ
म ढुङ्गा र माटो बनी चूप लागेँ
भयो घाउ सन्चो भनेरै नबोली
म टाटो र खाटो बनी चूप लागेँ
कतै भोकले ज्यान लेला नि भन्दै
म पीठो र आटो बनी चूप लागेँ
म थाकेर यात्रा नबढ्ने हुनाले
सधैँ ब्यस्त बाटो बनी चूप लागेँ
भए लाजले ती त कालो र नीलो
म रातो न रातो बनी चूप लागेँ
सबै यामले नै सिकाएर आज
म चीसो र तातो बनी चूप लागेँ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें