बुधवार, 5 जनवरी 2011

गजल

म बैह्रो र लाटो बनी चूप लागेँ
म ढुङ्गा र माटो बनी चूप लागेँ
भयो घाउ सन्चो भनेरै नबोली
म टाटो र खाटो बनी चूप लागेँ
कतै भोकले ज्यान लेला नि भन्दै
म पीठो र आटो बनी चूप लागेँ
म थाकेर यात्रा नबढ्ने हुनाले
सधैँ ब्यस्त बाटो बनी चूप लागेँ
भए लाजले ती त कालो र नीलो
म रातो न रातो बनी चूप लागेँ
सबै यामले नै सिकाएर आज
म चीसो र तातो बनी चूप लागेँ ।

परदेशी मायाको चिनो

हरेक सांझ उज्यालो मबाट
 गुज्रिन्छ तर मसंग उज्यालो
 रहन्न हरेक बिहान एउटा आशा
नबल्दै मेरो आंखामा निभ्छ यसैले
 कि अक्सर मेरो आंखा दह जमेको
हुन्छ हरेक सांझ भीडले मलाई
लुगा पहिराइदिन्छ तर, म मभित्र
रहन्नं हरेक बिहान सागरले मलाई
 नुहाइदिन्छ तर एक बुंद पनि मेरो
रहन्न रङ्हरू मेरो अंध्यारोमा
 पोखिन्छन् कुनै चित्र बन्दैन
रङ्गहरू मसंगै निर्रथक
अंध्यारिन्छन् परिचित आफ्नो मात्र
 केही रहन्न पर्राई उज्यालोमा मात्र
 एउटा श्रापित ढुङ्गा एउटा घाइते
 अहल्या एउटा चोइटिएको छाया